स्वास्थ्यको नाममा कालोधनको लगानी
आफूलाई नेपालकै पहिलो डेन्टल कलेज भएको भनेर भ्रामक प्रचार गर्दै जनसाधारणलाई ठगी गर्ने कार्यमा खप्पिस रहेको पिपल्स डेन्टल कलेजका कर्मचारीहरुलाई व्यवस्थापनले तलव खुवाउन नसकेपछि नयाँ व्यवस्थापन भित्र्याएको छ । पिपल्स डेन्डल कलेजका नयाँ व्यवस्थापनले कर्मचारीहरुलाई चार महिनाको एकमुष्ट तलव खुवाएको छ भने करिब ६० करोड रुपैयाँ बैक तथा वित्तिय संस्थामा भएको ऋण समेत तिरी भित्रिएको छ । विराटनगरका नोबल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको समूहले बालाजुको नयाँ बजारमा रहेको सो डेन्टल कलेजको स्वामित्व लिएको हो । मोरङ टाङघर भएका सामान्य परिवारका रोशन लुइँटेल र मोरङ कसेनी घर भएका निम्नमध्यम परिवारका शंकर कार्की पिपल्स डेन्टल कलेजको नयाँ सञ्चालक बनेका छन् । उनीहरु डा. सुनिल शर्माका आफन्तसमेत रहेको स्रोतले बताएको छ । केही समयअघि कलेज किन्न आएर पनि कर्मचारी र पुरानो व्यवस्थापनसँग वार्ता नमिलेपछि रित्तो हात फर्किएका डा. शर्मा दोस्रो पटक आफैं कलेज किन्ने प्रस्ताव लिएर आएका हुन् ।
पिपल्स क्याम्पसका संस्थापक क्याम्पस प्रमुख डा. तीर्थरत्न बज्राचार्यका छोरा विद्याभूषण बज्राचार्यलाई अध्यक्ष बनाएर नयाँ लगानीकर्ता टोलीले नोवल ऐकेडेमी विराटनगरका सुनिल शर्मालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ । टोलीले लगानी गरी व्यवस्थापन पनि यसअघि डा. सुरजराम भक्त माथेमाले ३५० जना विद्यार्थी रहेको कलेजमा लगानी गर्न प्रयास गरेका थिए तर लगानी जुटाउन नपाउँदै उनले त्यहाँ कर्मचारीबाट कुटाई खानुपरेको कारण त्यसै भाग्नु परेको थियो ।नयाँ व्यवस्थापनको रुपमा आएका डा. सुनिल शर्माले बोरामै पैसा लिएर कर्मचारीहरुको एकमुष्ट चारमहिनाको तलवसमेत खुवाएको उनी निकट स्रोतले नै इन्भेष्टिगेनलाई बताएको छ । हाल सुनिल शर्मा एण्ड कम्पनीले त्यहाँ कार्यरत कर्मचारीहरुलाई अनावश्यक झण्झट दिने गरेको र काम गर्ने वातावरणसमेत सिर्जना नभएको कर्मचारीहरुको गुनासो रहेको छ । करिब १५–१६ वर्षदेखि नियमित कार्यरत कर्मचारीहरुलाई हाल आएर कहिले सर्टिफिकेट छानविन, कहिले युनियनको कुरा गरी पुराना कर्मचारीहरुलाई पाखा लगाउने षड्यन्त्र गरिरहेको समेत जानकारीमा आएको छ । डा. सुनिल शर्माकै सर्टिफिकेट पनि नक्कली भएको स्रोतले बताएको छ ।
डा. सुनिल शर्मा एण्ड कम्पनीले कसरी यति ठूलो मात्रामा लगानी गर्न सक्यो त्यो भने आश्चर्यको विषय बनेको छ । अहिले २–४ करोड कमाउने गुण्डाहरुलाई सम्पत्ति छानविन आयोगले छानविन गरिरहेको छ भने स्रोत नै खुलाउन नसक्ने गरी निम्न वर्गका व्यक्तिले कसरी यत्रो ठूलो मात्रामा लगानी गर्न सक्यो त्यसको पनि सम्पत्ति छानविन आयोगले छानविन गर्नुपर्ने देखिएको छ । स्मरणीय रहोस्, सुनिल शर्मा एण्ड कम्पनीले नोवेल मेडिकल कलेजमा पनि ५० प्रतिशत लगानी गरी भित्रिएको थियो भने त्यसपछि कर्मचारीहरुलाई भड्काई कलेज नै तहसनहस पारी भूमिगत अवस्थामा रहेको तत्कालिन माओवादीकाले लुटेको पैसा लगानी गरी पुराना व्यवस्थापनलाई गलहत्याई आफूले कब्जा गरेका थिए भने सोही फरमुला अपनाई पिपल्स डेन्डल कलेजलाई पनि त्यसै गरी कर्मचारीहरुलाई भड्काई आफ्नो नियन्त्रणमा लिएका छन् । डा. सुनिल शर्मा प्रचण्डका अत्यन्तै नजिक रहेका व्यक्ति हुन् भने शर्माले प्रचण्डलाई पनि केही प्रतिशतका दरले मासिक बुझाउने गरेको समेत स्रोतले बतायो ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind