यौनबजारमा 'भर्जिनिटी'को मोलमोलाइ
अचेल होटल, लज, क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टरमा यौनकर्मी र ग्राहक 'रंगेहात पक्राउ' परेका समाचार त्यति आउँदैनन्। भ्रम नपरोस्, राजधानीको यौनबजार सुकेको छैन। यो झन् 'एड्भान्स्ड' भएको छ। घर या फ्ल्याट भाडामा लिएर व्यवस्थित तरिकाले यौन व्यवसाय हुन थालेको छ। नेता, अभिनेता, व्यापारी, प्रहरीका हाकिमसम्मले यस्ता केन्द्रमा गएर देहसुख लुटिरहेका छन्। राजधानीको यौनबजारमा 'भर्जिनिटी'को मोलमोलाइ पनि भइरहेको छ। दलालहरूले कुमारीत्वको मूल्य डेढ लाख रुपैयाँसम्म उठाउने गरेका छन्। शुक्रवार टिमले धनबहादुर खड्काको नेतृत्वमा राजधानीका केही यौन अखडामा 'रेड' हानेको थियो।
प्रहरीले 'सामाजिक मर्यादा कायम राख्न विशेष अभियान' चलाएको घोषणा नगरेको निकै भयो। केही समयअघि दिनैपिच्छे आउने 'रंगेहात पक्राउ'का समाचार पनि आउन छाडे। लाग्छ– राजधानीमा अवैध यौन क्रियाकलाप हुनै छाडेका छन्। कुनै समय क्याबिन रेस्टुरेन्ट तथा मसाज सेन्टरहरूमा मौलाएको काठमाडौँको यौनबजार यतिबेला कहाँ छ? प्रहरी भन्छ, 'अहिले संगठित रूपमा यौन व्यवसाय गर्नेहरू तितरबितर भएका छन्।' होटल, रेस्टुरेन्ट र मसाजबाट यौनबजार कहाँ सरेको छ त? शुक्रवार साप्ताहिकले यसको जबाफ खोज्ने क्रममा संगठित रूपमा सञ्चालनमा रहेका उपत्यकाका केही यौन अखडा खोजी गर्न सुरु गर्यो। व्यवस्थित तरिकाले भव्य फ्ल्याल्टहरूमा सञ्चालन भइरहेका यौन अखडाका बारेमा अनुमान लगाउन गाह्रो छ। कतै फुपू त कतै काकीको नाममा चलेका सयौँ यौन अखडा छन् उपत्यकामा। त्यहाँ सेक्सको निर्धक्क क्रय/विक्रय हुन्छ। मोलमोलाइ हुन्छ, खुद्रा र थोकमा।
यही यथार्थ पत्ता लगाउन हामी दलालमार्फत ग्राहक बनेर यी अखडामा पुगेका थियौँ। यी अखडा व्यवसायी र ग्राहकले मात्रै देख्छन्। ग्राहकसम्म पुग्न यौनव्यवसायीले दलाललाई बलियो स्रोत बनाएका छन्। यौनबजार भित्र पस्ने बाटो पहिल्याउने क्रममा हामीले बदलिँदो यौनबजारको रूपसँगै त्यहाँ आफ्नो 'पसल' थाप्न पुगिहाल्ने एकजना अनुभवी दलाल 'फुपू'को नाम सुन्यौँ। उनीसँग हामीले फिल्म निर्माताका रूपमा भेट्ने मेसो मिलायौँ। यौनबजारमा सेलिब्रिटीको 'हाई डिमान्ड' भएको हामीले सुनेका थियौँ। हिरो वा हिरोइनसम्म एक्सेस पुर्याउन पाए मालामाल हुने सपना देखिरहेका हुन्छन्, यौनबजारका चल्तापुर्जाहरू। हिरो वा हिरोइन मिलाइदिए महँगो मूल्य चुक्ता गर्न पछि नपर्ने बताइरहेका हुन्छन् ग्राहकहरू।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind