नेपाली मोडल अमेरिकी र्याम्पमा

भारतमा होटल म्यानेजमेन्टको अध्ययन सिध्याएपछि अमेरिका पुगेकी वर्षाले काठमाडौंमा छँदा सुपर मोडलको उपाधि प्राप्त गरेकी थिइन्। विकिपिडियामा वर्षा थापालाई नेपाली फेसन मोडलका रूपमा चित्रण गरिएको छ। गाढा खैरो रंगको आँखा मात्र होइन, अग्लो कदका कारण वर्षा थुप्रै अन्तर्राष्ट्रिय डिजाइनरको नजरमा पर्न सफल भैसकेको बताइन्छ। उनको शारीरिक बनावट ३२-२४-३४ छ। वर्षाले आफ्नो ब्लगमा १९ वर्षको उमेरमा भारतबाट होटल म्यानेज्मेन्टको अध्ययन पूरा गरेको उल्लेख गरेकी छिन्। उनले लेखेकी छिन्— 'होटल म्यानेज्मेन्टको अध्ययन पूरा गरेपछि म न्युयोर्क आएँ। मैले होटल म्यानेज्मेन्टको अध्ययन त गरेँ तर मेरो उद्देश्य सफल मोडल बन्नु हो।' अमेरिकामा सञ्चालित मोडलहरूको डाटाबेस राख्ने वेबसाइट 'फेसनमोडलडिक्सनेरी डटकम' मा समेत वर्षाका आकर्षक तस्बिरसहितको प्रोफाइल समावेश छ। वेबसाइटले वर्षालाई मोडल नम्बर १३ हजार ८ सय ४ का रूपमा समावेश गरेको छ। उक्त वेबसाइटका अनुसार वर्षा न्युयोर्क, मायामी तथा लस एञ्जलस्थित विल्हेल्मिना मोडल्सले एजेन्सीमा आवद्ध छिन् ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind