बिन्दास-२ प्रदर्शनको पिरलो मा

जीवन लुइँटेल र सुष्मा कार्कीले पहिलो पटक अनस्त्रिmन रोमान्स गरिरहेको चलचित्र 'बिन्दास-२' ले छायांकनको पहिलो दिन नै प्रदर्शनको मिति तोक्यो। चलचित्रका कलाकार तथा निर्माता मधुकुमार श्रेष्ठले आगामी दसैं -असोज २५) का लागि प्रदर्शनको मिति तोके। उनले प्रदर्शनको मिति तोकेपछि मात्र थाहा पाए, उक्त दिन अन्य तीन चलचित्रसमेत प्रदर्शनका लागि पर्खिरहेका रहेछन्। बाध्य भएर उनले तिहार -कात्तिक १५) का लागि नयाँ मिति घोषणा गरे। अब मधुलाई उक्त दिन पनि अन्य चलचित्रसँग जुध्नु पर्ला कि भन्ने चिन्ताले सताउन थालेको छ। सुनिल रावलले चलचित्र 'होस्टेल' लाई भदौ १४ गते प्रदर्शन गर्ने घोषणा गरे। भदौ १४ लाई तय त भयो तर त्यसअघि नै निर्माता राजकुमार राईले आफ्नो चलचित्र 'प्रोड्युसर' सोही मितिमा प्रदर्शन गर्ने घोषणा गरिसकेका थिए। वास्तवमा पछिल्लो एक वर्षदेखि हरेक शुक्रबार तीन-चारवटा चलचित्र प्रदर्शन गर्ने नयाँ परम्पराको थालनी भएको छ। चलचित्र निर्माता संघले साताको २ भन्दा बढी चलचित्र प्रदर्शन गर्न नपाउने नियम बनाउने तयारी त गर्दैछ, तर ३-४ वटा चलचित्र एकै दिन प्रदर्शन हुने परम्परा नरोकिँदा निमर्ाताहरू मात्र होइन, कलाकारहरू समेत चिन्तित हुन थालेका छन्।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind