बुढेसकालमा वैद्य बाको भाउ

बुढेसकालमा मोहन वैद्यको भाउ बढेको बढ्यै छ। कति भाग्यमानी भने उनको भाउ त अरूले नै बढाइदिएका छन्। वैद्य संविधानसभा चुनावमा जाँदै नजाने, अरू दल उनलाई नलिई नजाने। चार दल त सबैको मतपत्रमा स्वस्तिक छाप हान्ने वैद्य बा नै भएजस्तो गर्छन् बा !

वैद्यले बालहठ नछाडेपछि बडे नेताहरू खिरारेलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने कुरा गर्दै हिँडेका छन्। वैद्यले यत्तिमा त पक्कै चित्त बुझाउँदैनन्। उनी त प्रधानमन्त्रीबाट पनि राजीनामा गराउन चाहन्छन्। त्यसपछि के हुन्छ ? सर्वसम्मत प्रधानमन्त्री बन्न सक्छ को ? 

खासमा वैद्य नेतृत्वको नेकपा-माओवादी संविधानसभा नै चाहँदैन। उसलाई चुनावमा विश्वास पनि छैन। चुनाव घोषणा भए गृहयुद्ध मच्चिने अनि 'जनअदालत' र 'जनसेना' रातारात ब्यूँताउने धम्की दिएको दियै छ। आफ्नो एजेन्डालाई जनताको एजेन्डा भन्ने अनि निर्वाचन आयोगमै दर्ता नभएको पार्टीको भाउ बढाउने नेताहरूले सोचेका छन् के ?

- राजकुमार बानियाँ

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind