एप्पल र फेसबुकलाई गुगलले जित्यो

एक अध्ययनले अमेरिकीहरु फेसबुक र एप्पललाई भन्दा गुगललाई मन पराउने गरेको देखाएको छ ।
वासिंटन पोष्टले गरेको मत र्सर्भेक्षणका क्रममा ८३ प्रतिशतले आफुलाई सूचना प्रविधि कम्पनीमध्ये गुगल मन पर्ने बताए भने एप्पल पहिलो रोजाइमा पार्ने ७२ प्रतिशत थिए । त्यस्तै ६० प्रतिशतले फेसबुकको र्समर्थन गरेका छन् ।
गतवर्षो र्सर्भेक्षणका क्रममा गुगल मन पर्छ भन्ने ८२ प्रतिशत थिए भने एप्पलका ७४ र फेसबुकका ५८ प्रतिशत पक्षपाती थिए । खासगरी ३० वर्षुनिका अमेरिकीहरुमा एप्पलको लोकप्रियता गतवर्षभन्दा घटेको वासिंटन पोष्टले जनाएको छ । यस्तै १८ देखि २९ वर्षउमेर समूहका व्यक्तिहरुमा भने फेसबुक सबैभन्दा बढि लोकप्रिय रहेको र हरेक ३ मा एक जनाले आफ्नो पहिलो रोजाइमा फेसबुक पर्ने बताए ।

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind