अफ्रिकाका सिनेमा हेर्ने हैन?
मंगलबारबाट सुरु भएको ‘तेश्रो नेपाल अफ्रिका फिल्म महोत्स’ले दर्शकको माया राम्रैसँग पाइरहेको छ । अफ्रिकन देशहरुको भाषा र शैली बुझ्न चाहने दर्शकका लागि यो महोत्सव राम्रो अवसर पनि बनेको छ । राजेश हमालले उद्घाटन गरेको महोत्सवमा १३ वटा लामा र छोटा चलचित्र प्रदर्शन भइरहेका छन् ।महोत्सवमा नेपालका २ र ११ वटा अफ्रिकी महादिपका सिनेमा प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । महोत्सवमा केन्या, युगान्डा, रुवान्डा, नाइजेरिया ,जाम्बियाका सिनेमाहरु प्रदर्शन भइरहेका छन् । बिहिबार सम्म चल्ने महोत्सवमा हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सिनेमा प्रदर्शन गरिनेछ ।
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind