सामूहिक बलात्कार चार वर्षमा १५ घटना

शुक्रबार अपराह्न मात्रै १५ वर्षीया एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ वर्षीया अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन् । घटनास्थलमा फेला परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी, फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू सबै यातायात व्यवसायमा संलग्न रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी तुलबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेहरू सबै १९ देखि २२ वर्षका रहेको कार्कीले जनाए । सुरुमा एक जनासँग सहमतिमा यौन सम्पर्क गरेको र पछि तीन जनासँग सम्पर्क हुँदा पनि प्रतिकार नगरेको देखिएको उनले बताए । 'चौथो युवा पनि थपिएपछि मात्र बलात्कार भनेर फोन आयो,' उनले भने, 'आपसी अविश्वासको अभावमा यस्ता घटना भइरहेका छन् ।'
बलात्कृत किशोरी पनि प्रहरीको निगरानीमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बतायो । घटनाबारे अनुसन्धान भइरहेको र थप तथ्य पत्ता नलागेको डीएसपी कार्कीले बताए । फूलबारी ६ ढकनाको जंगलमा शुक्रबार १५ वषर्ीया किशोरीले 'सामूहिक बलात्कार' भएको बताएकी थिइन् । मुख छोपेका चार युवाले लछारपछार पारेको र त्यसपछि बेहोस भएकाले केही थाहा नपाएको ती किशोरीले बताइन् । किशोरी निर्वस्त्र अवस्थामा फेला परे पनि बलात्कार हो/होइन या प्रयास मात्र हो भन्नेबारे मेडिकल चेकजाँचको रिपोर्ट नआउँदासम्म केही भन्न नसकिने डीएसपी कार्कीले
जनाए । ती किशोरी निकै हतोत्साहित अवस्थामा रहेको र उनको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले बतायो ।
चार वर्षमा १५ घटना
दाङ गढवाकी २५ बर्षीया युवतीको २०६६ चैतमा बिजौरीमा सात जनाद्वारा सामूहिक बलात्कार भई २०६७ जेठ ३० मा उपचारका क्रममा मृत्यु ।
रुकुमकी १८ बर्षीया एक युवतीलाई तुलसीपुरको बसपार्कस्थित न्यु राप्ती गेस्ट हाउसमा बास बसेको समयमा १० जना युवाद्वारा २०६७ असार १५ मा अपहरणपछि सामूहिक बलात्कार ।
२०६७ साउन १७ मा घोराही नगरपालिका ४ चौघेरामा ११ बर्षीया बालिकालाई बलात्कार ।
तिजमा माइती जाने क्रममा सौडियारकी एक महिलामाथि २०६७ भदौ ५ मा बिजौरीमा सामूहिक बलात्कार ।
तुलसीपुरका एक बुबाले १५ बर्षीया छोरीमाथि नियमित यौन शोषण गर्दै आएको रहस्य २०६७ मंसिर १० गते खुलेको ।
२०६७ पुस १२ गते पुरन्धारामा ४६ बर्षीया महिलालाई दुई प्रहरीद्वारा सामूहिक बलात्कार ।
२०६७ माघ र फागुनमा हापुरमा दुई महिलामाथि सामूहिक बलात्कार ।
२०६७ फागुनमा तुलसीपुर बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार ।
२०६७ चैत ११ गते अपराह्न ४ बजे घोराही ६ मा एक युवतीमाथि सामूहिक बलात्कार ।
२०६७ चैत २९ गते तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कार ।
घोराही काठेकोलमा कम्लरी बलात्कृत ।
२०६८ असार ९ गते टरिगाउँकी १० बर्षीया बालिका घरैमा बलात्कृत ।
२०६८ असार १८ गते तुलसीपुरमा एक बालिकालाई गाडीका चालक र सहचालकद्वारा बलात्कार ।
२०७० असार २१ गते फूलबारी ६ ढकनाको जंगलमा १५ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार ।
२०७० असार २२ गते राति तुलसीपुर बसपार्कस्थित एक ग्यारेजमा १७ बर्षीया किशोरीमाथि चार जनाद्वारा सामूहिक बलात्कार
0 comments
Write Down Your Responses
Thank's For Comment Mero Mind