सन् २०१२ का १० उत्कृष्ट कामुक महिला

सौन्दर्य र महिला एकअर्काका पूरक हुन्। आफूलाई सुन्दर देखाउन महिलाहरूले प्राचीनकालदेखि नै अनेक उपाय अपनाउँदै आएका छन्। सौन्दर्यका सम्बन्धमा पूर्वी तथा पाश्चात्य मान्यताहरूमा केही भिन्नता छ। तैपनि आफ्नो रुप र यौवनले पुरुषहरूलाई आकषिर्त गर्ने क्षमता भएका  महिलाहरू नै सबैको नजरमा पर्छन्। अनुहार तथा शरीरको बनोट बाहेक हाउभाउ तथा कामकलाका कारण पनि महिलाहरूको सौन्दर्यको  मापन गरिँदै आएको छ। यसै सन्दर्भमा अमेरिकालगायत थुप्रै देशबाट प्रकाशित हुने पत्रिका एफएचएमले सन् २०१२ का १० उत्कृष्ट कामुक  महिलाको सूची जारी गरेको छ। 

टुला पाउलिनी कन्टोस्टाभ्लोस




यो वर्ष एफएचएम पत्रिकाले जारी गरेको कामुक महिलाहरूको सूचीको पहिलो स्थानमा बेलायती गायिका तथा गीत लेखिका टुला पाउलिनी  कन्टोस्टाभ्लोस देखा परेकी छिन्। कामुक महिलाहरूको यो सूचीमा कन्टोस्टाभ्लोस पहिलोपटक एकैचोटि पहिलो स्थानमा उक्लिएकी हुन्। सन्  १९८८, १३ जुलाईमा जन्मिएकी कन्टोस्टाभ्लोसलाई उनका फ्यानहरू टुलिसाको उपनामले चिन्दछन्। स्टेजमा गीत गाउँदा टुलिसले प्रस्तुत गर्ने  हाउभाउ एवं शैलीले नै उनलाई यो स्थान दिलाएको एफएचएम पत्रिकाले जनाएको छ।

जर्जिया साल्पा




आइरिस आमा तथा ग्रीक पिताकी सन्तान जर्जिया साल्पा आयरल्यान्डमा बसोबास गर्ने उच्चकोटिकी फेसन मोडल हुन्। कामुक महिलाहरूको  सूचीमा साल्पा पाँचौं स्थानमा छिन्। १९८५ मे १४ मा जन्मिएकी साल्पा फोटोसेसनका क्रममा प्रस्तुत गर्ने विभिन्न भावभंगिमा र सोहीअनुरू पको सार्वजनिक व्यवहारका लागि प्रसिद्ध छिन्। साल्पाले मोडलिङबाहेक विभिन्न टेलिभिजन सोहरूमा समेत अभिनय गरेकी छिन्।

एमिली जेन अट्याक



कामुक महिलाहरूको सूचीको दसौं स्थानमा बेलायती अभिनेत्री एमिली जेन अट्याक छिन्। उनी चलचित्र चार्लोट हिन्चक्लिफमा निर्वाह गरेको  आफ्नो भूमिकाका लागि चर्चित छिन्। सन् २०१० मा सार्वजनिक भएको चलचित्र डान्सिङ अन आइसमा उनले निर्वाह गरेको भूमिकाले  उनलाई यो सूचीमा उकासेको हो। चलचित्रमा प्रस्तुत हुने शैली र उनको सार्वजनिक छवि एकदम भिन्न छ। 

रोजी जोन्स




बेलायतकी कामुक फेसन मोडल रोजी जोन्स कामुक महिलाहरूको यो सूचीको चौथो स्थानमा छिन्। जोन्सले यो स्थान पहिलोपटक प्राप्त  गरेकी हुन्। सन् १९९० जुलाई १९ मा जन्मेकी जोन्स आफ्नो पेज थ्री इमेजका कारण यो सूचीमा अटाएकी हुन्। मोडलिङबाहेक सामाजिक  क्षेत्रमा खर्च गर्ने उद्देश्यले विभिन्न कार्यक्रममार्फत् रकम जुटाउने उनको सक्रियताले पनि उनलाई यो स्थानमा उकासेको हो। 

केटी पेरी




कामुक महिलाहरूको सूचीको छैटौं स्थानमा गायिका क्याथरिन एलिजाबेट हडसन अर्थात् केटी पेरी छिन्। सन् १९८४ अक्टोबर २५ मा  जन्मिएकी केटी पेरी पप, रक तथा गोसपेल शैलिमा गीत गाउनुका अतिरिक्त गिटार पनि बजाउँछिन्। आफ्नो स्टेज पर्फमेन्सका कारण चर्चामा  रहने केटी पेरी सर्वाधिक बिक्री हुने गायिकामा पर्छिन्। गीत गाउने क्रममा स्टेजमा कामुक हाउभाउ देखाउन खप्पिस मानिने केटी पेरी यसै  कारण यो सूचीमा परेको विश्वास गरिन्छ।

चेरिल कोल



सर्वाधिक कामुक महिलाको सूचीको दोस्रो स्थानमा बेलायती पप गायिका चेरिल कोल छिन्। पहिले पनि यो सूचीमा स्थान बनाएकी कोल गत  वर्ष यो सूचीबाट बाहिरिएकी थिइन्। बेलायतको न्युक्सल अपनटाइनमा जन्मिएकी २९ वर्षीय चेरिल ट्वीडी कोलले ६ वर्षको उमेरदेखि नै मो डलिङका विभिन्न प्रतियोगितामा सामेल भैसकेकी छिन्। कोलले साथीहरूसँग मिलेर निर्माण गरेको द गल्र्स एलाउड सांगीतिक समूहको  साउन्ड अफ द अन्डरग्राउन्ड एल्बम निकै चर्चित छ। उनको विवाह सन् २००६ मा इंग्ल्यान्डका फुटबल खेलाडी एस्ली कोलसँग भएको थियो।

मेगन फक्स



कामुक महिलाहरूको सूचीको सातौं स्थानमा रहेकी मेगान फक्स हलिउड चलचित्रकी नायिका हुन्। सन् १९९९ देखि अभिनय यात्रामा रहेकी  मेगानलाई ट्रान्सर्फमर सिरिजका चलचित्रले चर्चामा ल्याएको हो। आकर्षक शरीरकी धनी मेगानको शरीरमा कुदिएको टाटुले उनलाई थप  कामुक बनाएको छ। उनका कन्फ्रेसन अफ अ टिन एज ड्रिम क्विन, क्राइम्स अफ फेसन आदि चलचित्र पनि प्रसिद्ध छन्।

रिहान्ना




कामुक महिलाहरूको यो सूचीको तेस्रो स्थानमा रिहान्ना अर्थात् रोबिन रिहाना फेन्टी छिन्। सन् १९८८ फेब्रुअरी २० मा जन्मिएकी रिहान्ना  अहिलेकी हटकेक गायिका हुन्। आफ्ना उत्तेजक पहिरन र फेसनेबल केशका कारण सधैं चर्चामा आउने रिहान्ना मूलतः रेगी र हिपहप  गायिका हुन्। सन् २००५ मा १७ वर्षकै उमेरदेखि गीत गाउन थालेकी रिहान्नालाई सन् २००७ को उनको एल्बम द न्यू इमेजले चर्चामा  ल्याएको हो।

मिला कुनिस




कामुक महिलाहरूको सूचीको नवौं स्थानमा रहेकी मिला कुनिस युक्राइनी मूलकी अमेरिकी चलचित्र कलाकार हुन्। उनले विभिन्न टेलिभिजन  शो तथा विज्ञापनहरूमा समेत आफ्नो उपस्थिति जनाएकी छिन्। सन् १९८३ अगस्त १४ मा जन्मिएकी मिला कुनिस केही चलचित्रमा  दिइएको यौनजन्य दृश्य र नग्नताका कारण चर्चामा आइरहन्छिन्। 

किले हाजेल



कामुक महिलाहरूको सूचीको आठौं स्थानमा रहेकी किले हाजेलले १६ वर्षको उमेरदेखि मोडलिङ यात्रा प्रारम्भ गरेकी हुन्। हाजेल अहिले २५  वर्ष पुगिन्। उनको जन्म बेलायतको लन्डनमा भएको हो। सन् २००७ को आरम्भमा पूर्वप्रेमी लियोड मिलरले उनीहरूबीचको यौनक्रीडालाई  इन्टरनेटमार्फत सार्वजनिक गरेपछि यी अमेरिकी मोडलको चर्चा बढ्न थालेको हो।


BY:saptahik

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind