सन् २०१२ का १० उत्कृष्ट कामुक पुरुष

पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ। कामुकताको परिभाषामा पुरुषहरूलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिएको  पाइँदैन। मानिससँग गर्ने व्यवहार, बोली वचन एवं आफ्नो क्षेत्रमा प्राप्त सफलताले पुरुषहरूको आकर्षणलाईं परिभाषित गरेको पाइन्छ। यसै  सन्दर्भमा यो वर्ष ग्ल्यामर म्यागजिनले वर्ष २०१२ मा आफ्नो कार्यक्षेत्रको सफलता र महिलाहरूलाई आफूतर्फ आकषिर्त गर्न सक्ने क्षमताका  आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ। जसमा पहिलो नम्बरमा रोबर्ट पेटिन्सन छन्।

रोबर्ट पेटिन्सन



मोडलिङ, अभिनय एवं संगीतजस्ता तीनवटा फरक विधामा नाम कमाएका रोबर्ट डग्लस थोमस पेटिन्सन ग्ल्यामर म्यागजिनले जारी गरेको  संसारका सर्वाधिक कामुक पुरुषहरूको सूचीमा पहिलो स्थानमा छन्। गत वर्ष पनि उनी पहिलो स्थानमै थिए। १३ मे १९८६ मा जन्मिएका पे न्टिसन बेलायतका नागरिक हुन्। सन् २००४ देखि मनोरन्जनको संसारमा उदाएका पेटिन्सन चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय छन्। सन्  २०११ मा उनी वाटर अफ एलिफेन्ट नामक चलचित्रका कारण चर्चामा आएका हुन्।

टम हिडल्टन



कामुक पुरुषहरूको यो सूचीमा टम हिडल्टन पहिलोपटक अटाएका हुन्। उनी यो सूचीमा दोस्रो स्थानमा छन्। ९ फेब्रुअरी १९८१ मा जन्मिएका  हिडल्टन पनि बेलायती अभिनेता हुन्। रोयल एकेडेमी अफ ड्रामेटिक आर्टबाट स्नातक गरेका हिडल्टनले टेलिभिजन सो तथा चलचित्रहरूमार्फ त् मानिसहरूको मनमा आफ्नो स्थान बनाएका हुन्। ग्ल्यामर म्यागजिनले विश्वव्यापी रूपमा गरेको सर्वेक्षणअनुसार टम हिडल्टनको प्रभाव  चलचित्र र टेलिभिजन क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उत्तिकै छ। 

जोनी डेप




सूचीको तेस्रो स्थानमा हलिउडका चलचित्र अभिनेता जोनी डेप छन्। सन् १९६३ जुन ९ मा जन्मिएका जोनी डेप पाइरेट्स अफ द क्यारिबियन  सिरिजका चलचित्रका कारण चर्चामा आएका हुन्। अघिल्लो वर्ष उनी यो सूचीमा तेस्रो स्थानमै थिए। आफ्नो फरक र विशिष्ट गेटअपका  कारण ४८ वर्षीय जोनी युवा अवस्थादेखि नै सुन्दरीहरूको मनमा रहन सफल छन्।

माइकल फासबेन्डर




सूचीको चौथो स्थानमा जर्मन-आइरिस कलाकार माइकल फासबेन्डर छन्। सन् १९७७ अप्रिल २ मा जन्मिएका फासबेन्डरलाई उनका  चलचित्रहरू इन ग्लोरियस बेस्टर्ड (२००९), एक्स-म्यानः फस्र्ट क्लास (२०११) तथा प्रोमिथस (२०१२) ले कामुक पुरुषहरूको सूचीमा  उकासेको हो। गत वर्ष उनी यो सूचीको ३१ औं नम्बरमा थिए। 

टेलर लुटनर



मोडलिङ र अभिनयमा नाम कमाएका टेलर डेनियल लुटनर कामुक पुरुषहरूको यो सूचीमा सातौं स्थानमा छन्। गतवर्ष उनी यो सूचीमा  दोस्रो स्थानमा थिए। ११ फेब्रुअरी १९९२ मा जन्मिएका लुटनर यस्तो स्थान प्राप्त गर्ने सबैभन्दा कान्छा सेलिब्रिटी हुन्। मोडलिङ र अभिनयका  अतिरिक्त रेडियो जक्की र भ्वाइस डबिङमा पनि उनको सक्रियता लोभलाग्दो छ। लुटनर पछिल्लो समयमा चलचित्र अब्डक्सनका कारण चर्चामा थिए।

बेनेडिक्ट कम्बरब्याच



सूचीको पाँचौं स्थानमा बेलायतका चलचित्र अभिनेता बेनेडिक्ट टिमोथी कार्लटन कम्बरब्याच छन्। सन् १९७६ जुलाइ १९ मा जन्मेका  कम्बरब्याचले यो स्थानमा दावी गर्नुअघि बीबीसी टेलिभिजन सो सेरलकमा निर्वाह गरेको सेरलक होम्स नामक जासुसको भूमिकाले तहल्का  मच्चाएको थियो। सोही भूमिकाका कारण उनको लोकप्रियता चुलिएको विश्लेषकहरूको ठहर छ।

रोबर्ट डाउनी जुनियर




सूचीको छैटौं स्थानमा अमेरिकी चलचित्र कलाकार रोबर्ट डाउनी जुनियर छन्। केही वर्षअघि यो सूचीमा लगातार स्थान बनाउँदै आएका  डाउनी पछिल्लो केही वर्षदेखि हराएका थिए। यो वर्ष उनले यो सूचीमा पुनः प्रवेश पाएका हुन्। सन् १९६५ अप्रिल ४ मा जन्मिएका डाउनी  अमेरिकामा खानदानी कलाकार मानिन्छन्। उनको सम्पूर्ण परिवार कलाक्षेत्रमै छ। 

पाउल वेस्ले




कामुक पुरुषहरूको यो सूचीको आठौं स्थानमा अमेरिकी चलचित्र कलाकार पाउल वेस्ले छन्। सन् १९८२ जुलाई २३ मा जन्मेका वेस्ले मूलतः  पोल्यान्डका नागरिक हुन्। उनले यो सूचीमा प्रवेश पाउनुअघि द भ्याम्पायर डायरिज नामक टेलिभिजन सोमा अभिनय गरेका थिए। उक्त सोको  लोकप्रियताले उनी यो सूचीमा आठौं स्थानमा उक्लिएका हुन्। अघिल्लो वर्ष उनी ५९ औं स्थानमा थिए।

जेम्स एन्ड्रयु म्याक्भोय




सन् १९७९ अप्रिल २१ मा जन्मेका स्टकल्यान्डका रंगमञ्च तथा टेलिभिजन कलाकार जेम्स एन्ड्रयु म्याक्भोय कामुक पुरुषहरूको सूचीको नवौं  स्थानमा छन्। यो सूचीमा स्थान बनाउने म्याक्भोय एक्ला रंगमञ्चीय कलाकार हुन्। उनका स्टेट अफ प्ले, शेमलेस र फ्रेंक हर्बर्टस् चिल्ड्रेन  अफ ड्युनजस्ता नाटकहरू लोकप्रिय मानिन्छन्। गत वर्ष उनी यो सूचीको १४ औं स्थानमा थिए।

हेनरी काभिल




गत वर्ष कामुक पुरुषहरूको यो सूचीमा १५ औं स्थानमा रहेका बेलायती कलाकार हेनरी विलियम डेलग्लिस काभिल यो वर्ष १० औं स्थानमा  उक्लिएका छन्। सन् १९८३ मे ५ मा जन्मिएका काभिलको द काउन्ट अफ मोन्टे क्रिस्टो, स्टारडस्ट, इम्मोर्टल जस्ता चलचित्र प्रसिद्ध छन्।  आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र सुपरम्यानका लागि उनको विश्वव्यापी प्रतिक्षा भैरहेको छ।


BY:saptahik

,

0 comments

Write Down Your Responses

Thank's For Comment Mero Mind