जेन्टलमेनले राख्यो युटुबमा अर्को कीर्तिमान


कोरियाली पप गायक र्‍यापर साईको नयाँ म्युजिक भिडियो गीत 'जेन्टलमेन' ३0 करोडपटक हेरिएको छ । बिहीबार बिहानसम्ममा ३० करोडपटक हेरिएको 'द ग्लोबल भिडियो सेयरिङ' वेबसाइटले जनाएको छ । जेन्टलमेन गीत अपि्रल १३ मा रिलिज गरिएको थियो ।
बिहीबार बिहान स्थानीय समय ११ बजेर १० मिनेटसम्ममा ३० करोड २५ लाखपटक हेरिएको थियो । यो रिलिज भएको २६ दिनमा कायम भएको रेकर्ड हो । रिलिज भएको १७ दिन अर्थात् गत अपि्रल २२ सम्ममा २० करोडपटक हेरिएको थियो ।
साईको अर्को गाङनाम स्टाइललाई यो चरणमा पुग्न ७५ दिन लागेको थियो । गाङनाम स्टाइल बिहीबार अपराह्नसम्ममा १ अरब ५८ करोडभन्दा बढी पटक हेरिइसकिएको छ । यो गीत गत वर्षको सेप्टेम्बर २८ मा मात्र ३० करोडपटक हेरिएको थियो । साईको जेन्टलमेन म्युजिक भिडियो गिनिज वल्र्ड रेकर्ड राख्नसमेत सफल भएको छ ।
गिनिज वेबसाइटले जनाएअनुसार २४ घन्टामा हालसम्म धेरैपटक हेरिएको पहिलो अनलाइन भिडियोको रूपमा जेन्टलमेन सफल भएको हो । यो रिलिज भएको २४ घन्टामा ३ करोड ८४ लाखपटक हेरिएको थियो । यसअघि गाङनाम स्टाइलले सबैभन्दा धेरैले हेरेको, सबैभन्दा धेरैले मन पराएको र १ अरबले हेरेको पहिलो अनलाइन भिडियो गरी तीन विधामा गिनिज रेकर्ड राखिसकेको छ ।
इन्साइक्लोपेडिया बि्रटानिकाले समेत गायक साईको नाम आधिकारिक रूपमा गतहप्ता समावेश गरेको छ । साईलाई दक्षिण कोरियाली गायक, र्‍यापर र ठट्यौली गीतका माध्यमबाट गतवर्ष अन्तर्राष्ट्रिय प्रसिद्धि प्राप्त प्रतिभाका रूपमा उल्लेख गरिएको छ ।
कोरियाली सरकारको नियन्त्रणमा रहेको केबीएस टीभीले आफ्ना च्यानलहरूमा प्रसारणमा रोक लगाइरहँदा 'जेन्टलमेन' बिलबोर्ड म्युजिक अवार्डका लागि समेत नामांकित भएको छ । गत अपि्रल २३ मा घोषणा गरिएअनुसार टप न्यु आर्टिस्ट, टपस्टि्रमिङ आर्टिस्ट र टप र्‍याप आर्टिस्ट गरी तीन विधाका लागि छनोट गरिएको सो अवार्ड मे १९ का दिन प्रदान गरिने बिलबोडले जनाएको छ ।
साई हाल न्युयोर्कमा रहेका छन् । वाईजी इन्टरटेनमेन्टले जनाएअनुसार उनी जेन्टलमेनको प्रस्तुति दिन अर्को महिना रसिया पुग्नेछन् । जुन ७ मा उनलाई 'मुज टीभी म्युजिक अवार्ड' प्रदान गरिने कार्यक्रम रहेको छ ।

भिडियो :::


जेन्टलमेन
गाङनाम स्टाइल

,